२०८३ भाद्र २७ गते शनिवार

दंगीशरण ४ मा गत आर्थिक वर्षमा १८ वटा योजनाका काम सम्पन्न

तुलसीपुर, १२ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका ४ मा गत आर्थिक वर्ष २०७९/०८० मा ३१ वटा शिर्षकको बजेट खर्च भएको छ । वडाबाट कार्यक्रम तर्फ १३ वटा शिर्षकमा २० लाख ६९ हजार र योजना तर्फ १९ वटा शिर्षकमा ३९ लाख १५ हजार गरी जम्मा ३२ वटा शिर्षकमा ६९ लाख ८४ हजार बजेट विनियोजन गरिएकोमा ३१ वटा शिर्षकको ६८ लाख ७४ हजार खर्च भएको दंगीशरण ४ का वडा सचिव प्रमोद गिरीले जानकारी दिनुभएको छ । एउटा योजनामा उपभोक्ता समितिले बजेट अपुग भयो भनेर काम नगर्दा १ लाख १० हजार बराबरको काम हुन नसकेको उहाले बताउनुभएको छ ।

यस्तै कार्यालय सञ्चालनमा ५ लाख १६ हजार खर्च भएको वडा सचिव गिरीको भनाई छ । उहा अनुसार वडा कार्यालयबाट गत आर्थिक वर्षमा ४ वटा आरसिसि नाला बनाइएको छ भने २ वटा कल्भर्ट निर्माण गरिएको छ । यस्तै सडक स्तरोन्नती, खानेपानी संरक्षण, कुवा मर्मत, भुयारथान संरक्षण, सडक ग्राभेल, आरसिसि बाध र तटबन्धन १/१ वटा आरसिसि कुलो र तारजाली बाध ३/३ वटा निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।