२०८३ भाद्र २७ गते शनिवार

दंगीशरण ६ को गत आर्थिक वर्षको बजेट खर्च ९६ प्रतिशत

तुलसीपुर, ११ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका ६ मा गत आर्थिक वर्ष २०७९/०८० मा विनियोजन भएको जम्मा बजेटको ९६ प्रतिशत काम सम्पन्न भएको पाइएको छ । वडा कार्यालयबाट २९ वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ६२ लाख ५० हजार आर्थात ९६.१५ प्रतिशत बजेट खर्च भएको दंगीशरण ६ की वडा सचिव कुमारी खड्का भण्डारीले जानकारी दिनुभएको छ । जसअन्र्तगत १३ वटा सडक मर्मत तथा ग्राभेल भएको छ भने १८ वटा हेम्पाईप विस्तार गरिएको छ । यस्तै बाध, पर्खाल, कुलो र चौपारी १/१ वटा निर्माण गरिएको छ । त्यसैगरी ५० प्रतिशत अनुदानमा थोपा सिचाई र मल्चिङ प्रविधि हस्तान्तरण सहित अभिमुखिकरण तालिम बराबर १ लाख ५० हजार र खड्गपुर कुलो निर्माण योजनाको १ लाख गरि जम्मा २ लाख ५० हजार बजेट फ्रिज गएको छ । थोपा सिचाई र मल्चिङ प्रविधि हस्तान्तरणका लागी सूचना प्रकाशन गरेको भएपनि दुईजना कृषकले मात्रै निवेदन दिएकाले हस्तान्तरण गर्न नसकिएको र खड्गपुर कुलो निर्माण योजनाको लागी उपभोक्ता समिति गठन गरेपनि समितिले काम गर्न नसकेको वडा सचिव भण्डारीले बताउनुभएको छ ।

यता दंगीशरण ६ का वडाअध्यक्ष रोशन जंग शाहले खड्गपुर कुलो निर्माण योजनामा विबाद हुदा काम हुन नसकेको र थोपा सिचाई र मल्चिङ प्रविधि हस्तान्तरणका लागी सूचना प्रकाशन गर्दा समेत कसैले चासो नदिएकाले काम हुन नसकेको जानकारी दिनुभएको छ । समग्रमा ६ नम्बर वडामा बजेट खर्चको अवस्था ठिकै रहेको उहाको भनाई छ । अन्य योजनाका कामहरुमा पनी उपभोक्ता समिति र ठेकेदारलाई गुनस्तरिय काम गर्न निर्देशन दिएकाले काम सन्तोसजनक नै रहेको उहाले बताउनुभयो । यस्तै कतिपय उपभोक्ता समितिले काम गर्न नजानेर बजेट भन्दा धेरै काम गरेकाले समिति नै मारमा परेको उहाले बताउनुभयो । अबका दिनमा खेतियोग्य जमिनमा सिचाई सुविधा पुर्याउने लक्ष्यका साथ सिचाई कुलो निर्माणलाई प्राथामिकता दिएर काम गर्ने तयारी रहेको उहाको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।