तुलसीपुर १४, जेठ ।दाङको तुलसीपुर उपमहानगरपालिकाको जनसंख्या १ लाख ७९ हजार भन्दा बढि रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार एक लाख ७९ हजार सात सय ५५ जना छन् । उपमहानगरपालिकाका सबै वडाहरुमा पुरुषहरुको तुलनामा महिलाको संख्या धेरै रहेको पाइएको हो छ । महिलाको संख्या ९४ हजार ९ सय ९१ रहेको छ, भने पुरुषको संख्या ८४ हजार ७ सय ६४ रहेको छ । सबैभन्दा धेरै वडा नंबर ६ मा २१ हजार ६ सय ५६ जना र सबै भन्दा कम जनसंख्या वडा नंबर १ मा ४ हजार ६ सय ६० जना रहेको राष्ट्रिय जनगणना २०७८ ले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर १ मा २ हजार ५ सय २५ महिला र २ हजार १ सय ३४ जना पुरुष गरी जम्मा ४ हजार ६ सय ६० रहेका छन् । वडा नंबर २ मा २ हजार ५ सय २२ महिला, २ हजार ३ सय ५५ पुरुष गरी जम्मा ४ हजार ८ सय ७७ जना रहेका छन् ।
वडा नंबर ३ मा ४ हजार १ सय ९६ महिला, ३ हजार ८ सय २९ पुरुष गरी जम्मा ८ हजार २५ जना, ४ नंबर वडामा ४ हजार ९ सय २० महिला, ४ हजार ३ सय ४० पुरुष गरी जम्मा ९ हजार २ सय ६० जना, ५ नंबर वडामा ७ हजार १ सय ७ महिला, ६ हजार ५ सय ४० पुरुष गरी जम्मा १३ हजार ६ सय ४७ जना रहेको राष्ट्रिय जनगणना २०७८ले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर ६ मा ११ हजार ४ सय १ महिला र १० हजार २ सय ५५ जना पुरुष गरी जम्मा २१ हजार ६ सय ५६ जना,, ७ मा ७ हजार ४ सय ६ महिला, ६ हजार ४ सय ६२ जना पुरुष गरी जम्मा १३ हजार ८ सय ६८ जना, ८ मा ४ हजार ५ सय ७६ महिला, ४ हजार २ सय १९ जना पुरुष गरी जम्मा ८ हजार ७ सय ९५ जना रहेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर ९ मा ७ हजार १ सय १३ महिला र ६ हजार ३ सय ५१ जना पुरुष गरी जम्मा १३ हजार ४ सय ६४ जना, वडा नंबर १० मा ३ हजार ४ सय ७७ महिला, ३ हजार १ सय १० जना पुरुष गरी जम्मा ६ हजार ५ सय ८७ जना, वडा नंबर ११ मा ४ हजार ७ सय १३ महिला, ४ हजार १ सय ९६ जना पुरुष गरी जम्मा ८ हजार ९ सय ९ जना रहेका छन् ।
यस्तै वडा नंबर १२ मा महिला ५ हजार ७ सय ९ जना , पुरुष ५ हजार १ सय ८८ जना गरी जम्मा १० हजार ८ सय ९७ जना, वडा नंबर १३ मा महिला ३ हजार १ सय ७५ जना , पुरुष २ हजार ७ सय ३३ जना गरी जम्मा ५ हजार ९ सय ८ जना, वडा नंबर १४ मा महिला ३ हजार ४ सय ३३ जना , पुरुष २ हजार ९ सय ८२ जना गरी जम्मा ६ हजार ४ सय १५ जना, वडा नंबर १५ मा महिला ४ हजार २ सय ४१ जना , पुरुष ३ हजार ६ सय ९ गरी जम्मा ७ हजार ८ सय ५० जना छन् ।
यसैगरी वडा नंबर १६ मा महिला ४ हजार १ सय ५९ जना , पुरुष ३ हजार ७ सय ७० जना गरी जम्मा ७ हजार ९ सय २९ जना, वडा नंबर १७ मा महिला ४ हजार ९ सय २५ जना , पुरुष ४ हजार ३ सय ८७ जना गरी जम्मा ९ हजार ३ सय १२ जना, वडा नंबर १८ मा महिला ४ हजार ९ सय ६९ जना , पुरुष ४ हजार ४ सय ९३ जना गरी जम्मा ९ हजार ४ सय ६२ जना रहेका वडा नंबर १९ मा महिला ४ हजार ४ सय २३ जना , पुरुष ३ हजार ८ सय ११ जना गरी जम्मा ८ हजार २ सय ३४ जना रहेको तथ्यांकमा उल्लेख छ ।






