२०८३ जेष्ठ ३१ गते आइतवार

सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, ३१ जेठ । राप्ती राजमार्ग अन्र्तगत सल्यानको शारदा नगरपालिका १ बसपार्क नजिक बसको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ । दाङबाट सल्यानको कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले आइतबार दिउँसो करिब १२ बजेतिर ठक्कर दिदा छत्रेश्वरी गाउँपालिका ७ निवासी ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बसको ठक्करबाट गम्भिर घाईते भएकी रेउलेलाई उपचारका लागी जिल्ला अस्पताल सल्यान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बस र बस चालक कुमाख गाउँपालिका ३ निवासी अन्दाजी ३० वर्षीय डिल्ली बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया