२०८३ जेष्ठ २१ गते बिहिवार

जातिय भेदभाव उन्मूलन दिवसको अवसरमा दिप प्रज्ज्वलन

तुलसीपुर, २१ जेठ । दाङको तुलसीपुरमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । २० औ राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले जातीय विभेद र छुवाछुत अन्त्य गरी समानता र सामाजिक न्यायको सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि बनेका कानुनहरु व्यवहारमा लागु गर्नुपर्ने बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडकाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, उच्च अदालत तुलसीपुर बार इकाई अध्यक्ष मधुसुदन गौतम, दलित अधिकारकर्मी खेम विश्वाकर्मा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन तुलसीपुर उपमहानगरपालिका महिला विकास अधिकृत माया श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया