तुलसीपुर, १२ जेठ । तुलसीपुुर उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “पुर्ण खोप सुनिश्चितता , हाम्रो प्रतिवद्धता” पुर्णखोप सुरक्षित भविस्य भन्ने नाराका साथ मंगलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा प्रमुख अतिथि शर्माले नगर प्रमुख खड्कालाई पालिकालाई खोप सुनिश्चितता घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओम पी न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले खोप सुनिश्चितता पालिका घोषणा भएको प्रशंसा गर्नुभएको हो ।
उहाले हरेक बालबालिकाले खोप लगाउन पाउनु मौलिक अधिकार भएको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, स्वास्थ्य कार्यालय दाङका प्रमुख टिवी गुरुङ लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गर्नुभएको थियो । कार्यक्रममा खोप सुनिश्चितता घोषणा गर्नका लागी महत्वपुर्ण सहयोग गरेको भन्दै १९ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।






