२०८३ मङ्सिर १० गते बिहिवार

दाङको तुलसीपुरमा बसको ठक्करबाट एकजना घाइते

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजना घाइते भएका छन । घाइते हुनेमा दंगीशरण गाउँपालिका १ बाँकी निवासी १८ वर्षीय अर्जुन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएकोे छ ।

उहाँका अनुसार तुुलसीपुरबाट बालापुर तर्फ जादै गरेको ना ४ ख ६९४९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको रा ४ प १९३० नम्बरको मोटरसाइकललाई तुलसीपुर ८ कृष्णमन्दिर नजिकै ओभरटेक गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।