२०८३ मङ्सिर ९ गते बुधवार

दाङका पर्यापर्यटन विकासमा संगठित हुँदै फोटोग्राफर

तुलसीपुर, चैत २५ । पर्यापर्यटन विकासमा फोटोग्राफरहरु संगठित हुन थालेका छन् । पर्यापर्यटनको विकासमा टेवा पु¥याउनुका साथै व्यवसायीक एकताका लागि फोटोग्राफर एकताबद्ध हुन थालेका हुन् । तुलसीपुरमा युवा शक्ति फोटोग्राफर संघ स्थापना गरिएको छ । संघको कार्यालय शनिबार एक कार्यक्रमको आयोजना गरेर नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । संघका अध्यक्ष रमेश परियारले बढ्दो युवा बेरोजगारी घटाउने र लुकेका पर्यापर्यटकीय क्षेत्रहरुको विकासका लागि फोटोग्राफर संघ स्थापना गरिएको बताउनुभयो । उहाँले संघबाटै जिल्लाका १५ वटा पर्यटकीय स्थलहरुको बारेमा आन्तरिक र बाह्य पर्यटक बढाउनका लागि दृश्य चित्र सामग्री तयार पारिएको बताउनुभयो ।

नगरप्रमुख टीकाराम खड्काले फोटो ग्राफर उत्पादनको क्षेत्र भएकाले हाम्रा संस्कार र संस्कृतिसंग समेत जोड्दा थप प्रभावकारी हुने बताउनुभयो । उहाँले यहाँको थारु,मगर,नेवार संस्कृतिका साथै पर्यटकीय स्थलहरुको प्रसार प्रचार गर्नका लागि आग्रह गनुभयो । संघका सल्लाहकार शिव श्रेष्ठले वैशाख महिनाभित्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा जीपलाइन सञ्चालनमा ल्याइने र त्यसबाट १५ जना बढीले रोजगारी पाउने बताउनुभयो । संघका अध्यक्ष रमेश परियारको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सहसचिव झग्गु भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।