
चेतन वली । तुलसीपुर १४ फागनु । रुकुम पश्चिमको मुसिकोटमा रहेको साइकुमारी आधारभुत विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र प्रधानाध्यापक सहित ७ जनाका बिरुद्ध भ्रष्टचार आरोपमा मुद्धा दर्ता गरीएको छ । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गोविन्दबहादुर केसी, व्यवस्थापन समितिका तत्कालीन सदस्य द्रोण बहादुर खत्री, प्रधानाध्यापक लालबहादुर केसी र सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया केसी लगायत ७ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य खत्रीको भने मृत्यु भइसकेकाले उनको हकमा सरकारी विगो क्षतिपूर्ति रकम भराउन सकिने कानूनी व्यवस्था भएकाले हकवाला श्रीमती पुतला खत्री, छोराहरु विनोद केसी,.विवेक केसी र विशाल केसीलाई समेत हानिनोक्सानी भएको बिगो असुलउपर गर्ने प्रयोजनका लागि मागदावी सहित मुद्धा दर्ता गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आरोपीहरु माथी बागबजार रावलबारा थर्पु डिक्रे सडक निर्माणको लागि राज्य कोषबाट बजेट आएकोमा विद्यालयबाट पनि रकम लगानी गरी दुरुपयोग गरेको, वन उपभोक्ता समूहलाई ऋणकर्जा दिएको र उक्त रकम फिर्ता नगरेर सरकारलाई हानिनोक्सानी पु¥याएको, विद्यालययको रकम सडक निर्माण उपभोक्ता समितिलाई दिएको तर उक्त रकमबाट सडक निर्माण समेत नगरेको लगायतको आरोप लागेको छ ।
पिद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष केसी र प्रधानाध्यापक लाल बहादुरलाई ८ लाख ९४ हजार, कोषाध्यक्ष माया केसीलाई ८ लाख रुपैया र व्यवस्थापन समितिका तत्कालीन सदस्य खत्रीको मृत्यु भएकाले उनकी श्रीमती र छोरालाई ८ लाख ४८ हजार रुपैया विगो कायम गरी मुद्धा दायर गरीएको अख्तियारले बताएको छ । आरोपी विरुद्ध शुक्रबार मुद्दा दायर गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिनुभको छ ।।