२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुर खानेपानीका पार्सदले लिए शपथ

तुलसीपुर, २६ असार । तुलसीपुर खानेपानीमा मनोनित ६५ जना पार्सदहरुले शपथ लिएका छन् । तुलसीपुर खानेपानी निर्वाचन समितिले आज एक कार्यक्रमको आयोजना गरेर सिष्टम नं १ देखि ९ सम्म दलिय सहमति अनुसार मनोनित भएका पार्सदहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएको हो ।

पार्सदलाई तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बार्षिक आयव्यय विवरण, प्रगति विवरण, विधान संशोधन लगाएतका महत्वपूर्ण निर्णयहरु गर्ने अधिकार रहने छ । खानेपानी आयोजना क्षेत्रमा विभाजन गरिएको सिष्टम अनुसार मनोनित भएका पार्सदको कार्यकाल ३ बर्षको हुने संस्थाका सचिव शेवकराम भण्डारीले जानकारी दिनुभयो ।

सचिव भण्डारीका अनुसार सिष्टम नं १ बाट ३ जना, २ बाट ३,  सिष्टम नं ३ बाट ७,   सिष्टम नं ४ बाट ९ , सिष्टम नं.५ बाट ७, सिष्टम नं.६ बाट ९, सिष्टम नं.७ बाट ९, सिष्टम नं.८ बाट ९ र ९ बाट ९ जना पार्सद मनोनि गरिएको छ ।

निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष यमकान्त भण्डारी, रेडियो प्रकृति एफएम संचाल समितिका अध्यक्ष खगेन्द्र पोखरेल लगाएते बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।