२०८३ कार्तिक ११ गते बुधवार

प्रधानमन्त्री देउवाद्धारा प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन

फाईल फोटो

काठमाण्डौ,२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज मङ्गलवार बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई यो निर्देशन दिनुभएको हो ।

त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र त्यही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।