२०८३ भाद्र १० गते बुधवार

दाङ काठमान्डौ दैनिक ६ वटा बस चल्ने

आज ३ वटा बस काठमान्डौ छुटे

तुलसीपुर, २२ असार । दाङ काठमान्डौ अब दैनिक छ वटा बस चल्ने भएका छन् । सामान्य नागरिकहरु निजी गाडीमा चर्को भाडा तिरेर काठमान्डौ जान र आउँन बाध्य भएको भन्दै व्यापक गुनासो आएपछि जोखिम मोलेर सवारी संचालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुुरुम्बाङले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार दैनिक बिहान ३ वटा र साँझ ३ वटा गरेर ६ वटा बस दाङ काठमान्डौ चल्ने छन् ।

“नागरिकहरु साना गाडीमा बढी भाडा तिरेर काठमान्डौ जाने गरेको कुरा आयो । त्यसलाई सहजता बनाउन आजैदेखि गाडी काठमान्डौ पठाएको छु,” प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो –“गाली गर्न थालेभने रोकिदिन्छु ।”  आज पहिलो दिन ३ वटा बस जिल्ला प्रशासन कार्यालयबाट पास लिएर काठमान्डौ छुटेका छन् ।

दैनिक बस काठमान्डौ पठाउनका लागि साहयक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति वनेको छ । सोही समितिले दैनिक ६ वटा बसलाई पास दिने छ भने सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने कुरा ट्राफिक प्रहरीलेले हेने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

दाङ प्रशासनले काठमान्डौ जिल्ला प्रशासनसंग समन्वय गरेर दैनिक बस काठमान्डौ पठाउन थालेको हो । यसै बिच यस  अघिको निर्णयलाई निरन्तरता दिदै आज बसेको जिल्ला संकट कोभिड व्यवस्थापन समितिले थप एक हप्ता लकडाउन थपेको छ । तर अन्य जिल्लामा भने खुलाइएको छैन ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया