तुलसीपुर, १० चैत्र । तुलसीपुर उपमहागनरपालिका–१५ सरैया चोकमा एक जनाको ज्यानजानेगरी भएको बस दुर्घटनामा घाइते मध्य २६ जनाको विद्यार्थीकाे डिस्चार्ज भएको छ । बिहान भएको बस दुर्घटनामा २९ जना घाइते भएका थिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २० जना कोहलपुर मेडिकल कलेजबाट ६ जनाको डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।
घाइते मध्य २ जनाको कोहलपुर र किरण चौधरीको थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । तिब्रगतिमा रहेको रा १ क ४३३ नम्बरको पब्लिक ज्ञानज्योति कलेजको बस तिब्रगतिका कारण पल्टिदा तुलसीपुर उपमहागनरपालिका–१६ गणेसपुर निबासी सम्झना केसीको मृत्यु भएको थियो । तुलसीपुरकाे डुरूवाबाट तुलसीपुर अाउँदै गरेकाे बस दुर्घटना भएकाे थियाे ।
प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।