२०८३ भाद्र २४ गते बुधवार

सरसफाई अभियानमा नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुने

शरद रेग्मी,तुलसीपुर २६ असार । क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा भोलि नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागि हुने भएका छन । तुलसीपुर उद्योग बाणिज्यसंघ र तुलसीपुर उपमहानगर पालिकाले संयुक्त रुपमा संचालन गरेको अभियानकोभोलि हुने ४७ औ हप्ताको कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका नवनिर्वाचित मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्य सहभागि हुने कार्यक्रम रहेको छ । भोलि बिहान ७ बजे तुलसीपुरको बिरेन्द्र चौकबाट शुरु हुनेसरसफाई अभियानमा मेयर उपमेयर सहित वडा अध्यक्षहरु समेत सहभागि भैसरसफाई गर्ने कार्यक्रम तय गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिनुभयो । यसैबिच तुलसीपुर उद्योग बाणिज्यसंघले आज एक बिज्ञप्ति जारि गरि भोलिको सरसफाई अभियानमा सहभागि हुन सवैसरोकारवालाहरुमा आग्रह गरेको छ । संघका अध्यक्ष बिमल रिजालले आज एकबिज्ञप्ति जारि गरि सदा जस्तै भोलिको कार्यक्रममा सहभागि भै सरसफाईअभियानलाई सफल पारिदिनुहुन सवैमा आग्रह गर्नु भएको हो ।
प्रकाशित मिति : २०७४ असार २६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।