२०८३ बैशाख ११ गते शुक्रवार

वावुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाईते

तुलसीपुर, २३ जेठ 

ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले निबासी ४९ बर्षका  चित्र डाँगी र उनका छोरा २७ बर्षका हेमराज डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बपालले जानकारी दिए ।

मादक पदार्थ सेवन गरि होहल्ला गर्दै हिडेका वावुछोराई सम्झाईबुझाई गर्नेक्रममा प्रहरी निरीक्षक मोहन विक्रम केसीलाई लाठी र ढुङ्गाले प्रहार गरेर घाई बनाएको प्रहरीले बताएको छ । वावुछोराले करिब पाँच सय मिटरसम्म लखेटेर आक्रमण गरेका थिए ।

स्थानीय र प्रहरीको सहयोगमा प्रहरी निरीक्षक केसीलाई बचाएको स्थानीयले बताए ।  आफनो बडी गार्ड ससित  गएका प्रनि केसीलाई एक्कासी आक्रमण गरेका थिए । प्रनि केसी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर फर्किका छन् । घटना राति ८ बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया