रुकुम पश्चि, २१ बैशाख
रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँमा लगाएको अबैध लागु औषध अफिम खेति प्रहरीले नष्ट गरेको छ ।
मुसीकोटको घोरखानी र सानीभेरीको मौराखारा लेक, कमैते र गेलसल्लीमा गरि करिब एक विघाह क्षेत्रफलमा लगाएको अबैध अफिम खेति नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।
अफिम खेति नष्ट गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरी बहादुर वली, अस्थायी प्रहरी पोष्ट साखबाट प्रहरी साहयक निरीक्षक मकलराज बोहरा र प्रहरी चौकी सिम्लीबाट प्रहरी साहयक निरीक्षक रुपा कुमारी वकको नेतृत्वमा प्रहरी टोली गएको थियो ।
अहिले सम्म प्रहरीले करिब डेढ सय विगाह क्षेत्रफलमा लगाएको अबैध अफिम खेति नष्ट गरेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार


















