दाङ, ५ मंसिर । गाडीको ठक्करबाट तुलसीपुरमा एक महिला गम्भिर घाइते भएको प्रहरीले जनएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी रेणु शाह रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेको अवस्था सिरियस रहेको र अहिले कोहोलपुरमा उपचार भइरहेको डिएसपी होमबहादुर पराजुली जानकारी दिनुभयो ।
नम्बर नखुलेको गाडीेले हिजो बेलुकी ५ः५१ बजे तुलसीपुर– ३ को दमारगाउँको गुम्बानजिकै रा८प १७६४ नम्बरको स्कुटीलाई ठक्कर दिएर भागेको थियो । यसैबीच प्रहरीले दमारगाउँ नजिकैबाट बेवारिसे अवस्थामा रहेको संकास्पद गाडीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शनिवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।