२०८३ कार्तिक २८ गते शनिवार

सोमबार पनि सार्वजनिक बिदा

काठमाण्डौं,२७ कात्तिक । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा हुने जानकारी गराएको हो। यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिनका अवसरमा सार्वजनिक बिदा तोकिएको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले सोमबार पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

चार दिनसम्म मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन आज व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्ने ‘नहाय–खाय’ विधि गरेका छन्। दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन गर्ने परम्परा छ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।