दाङ, २७ कात्तिक । मुक्ति समाज नेपाल, दाङ जिल्ला कमिटीले घोराही ५ बसन्तापुर निवासी स्वर्गीय देवीराम परियारको शुक्रवार तेह्रौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । मुक्ति समाजका जिल्ला अध्यक्ष शंकर नेपालीको अध्यक्षता तथा नेकपा (एमाले) दाङ जिल्ला कमिटीका अध्यक्ष शिवबहादुर आचार्यको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा सम्पन्न भएको हो ।
सो अवसरमा पाटी अध्यक्ष आचार्यले स्वर्गीय परियारले पार्टी, संगठन र समाजमा पु¥याउनुभएको योगदान, पार्टीप्रतिको निष्ठा र समर्पणको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराउनुभएको जग्गामा भवन निर्माण गरी उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त अभियानका लागि एमाले नेता शंकर पाण्डेले १० हजार सहयोगको घोषणा गर्नुभयो । परियारको गत कात्तिक १५ गते ८४ बर्षको उमेरमा दुखद निधन भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।