२०८३ कार्तिक २० गते शुक्रवार

सामुदायिक वनमा लुकाइछिपाई राखिएको ६ थान भरुवा बन्दुक बरामद

सुर्खेत,२० कात्तिक । सुर्खेतको बराहाताल गाउँपालिका –०५ स्थित साजघारी सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

आज बराहाताल गाउँपालिका –०५ स्थित साजघारी सामुदायिक वनमा प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले झाडीभित्र लुकाइछिपाई राखिएको अवस्थामा चार थान सावुत र दुई नाल बेसाबुत गरी जम्मा ६ थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो । बरामद भएको भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।