२०८३ कार्तिक १९ गते बिहिवार

दाङमा ८ लाख ८२ हजार रुपैयाँभन्दा बढीका पटाका बरामद 

दाङ,१९ कात्तिक । दाङमा प्रहरीले विभिन्न स्थानबाट ८ लाख ८२ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटाका बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १ गतेदेखि कात्तिक १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरका पटाका बरामद गरेको हो ।

बरामद गरिएका पटाका स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अवैध विस्फोटक तथा पटाकाजन्य पदार्थको ओसारपसार, भण्डारण र बिक्री वितरण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै यस्ता गतिविधि नगर्न र नगराउनसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।