२०८३ कार्तिक १२ गते बिहिवार

पश्चिम दाङको हापुरेमा एक घरमा आगलागी हुँदा तिन वटा पसलमा क्षति

फोटो फाईल

तुलसीपुर, १२ कात्तिक । पश्चिम दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक घरमा आगलागी हुँदा तिन वटा पसलमा क्षति पुगेको छ । स्थानीय खिमबहादुर सोमैको घरमा बुधवार बेलुका साढे आठ बजेतिर एक्कासी विद्युत् सर्ट भई आगलागी हुँदा उक्त घरमा रहेका एउटा पसल र संगै सटेका अन्य दुई पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।उहाका अनुसार वडा ४ बस्ने गौरी घर्तिले सोहि घरमा संचालन गरेको सारिका श्रगार पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै संगै सटेको हरि प्रसाद पौडेलको घरमा भोम प्रसाद भण्डारीले संचालन गरेको ओम गंगा किराना पसलको ८० प्रतिशत समान जलेर नष्ट भएको छ भने सगै सटेको सहिता खातुनको सकिल कस्मेटिक स्टोरमा रहेको सामानहरु पनि जलेको डिएसपी केसीले जानकारी दिनुभयो । आगलागी पछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरेपनि समयमै आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

घोराही उपमहानगरपालिकाबाट दमकल बोलाएर आगलागी भएको झण्डै दुई घण्टा पछि नियन्त्रणमा लिईएको उहाले जानकारी दिनुभयो । घोराहीबाट दमकल घटनास्थलमा पुगेपछि पौने एघार बजेतिर आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । पश्चिम दाङका चार पालिकामा दमकल नहुदा यस्ता आगलाीका घटना हुँदा समसया हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा भएको एउटा दमकल गत वर्ष भदौ २३/२४ गते भएको जेन्जी आन्दोलनको बेला आगजनी हुँदा पुर्ण रुपमा जलेको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।