भालुवाङ ८ कार्तिक । दाङको देउखुरीमा १ घर र बाख्राको खोर जलेर खरानी भएको छ । राप्ती गाउँपालिका–८ जुरपानी निवासी प्रेमबहादुर थापाको खरले छाएको कच्ची घर र बाख्राको खोरमा आइतबार दिउँसो २ः०० बजेको समयमा आगलागी भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
आगलागीबाट मानवीय र चौपायामा क्षति नभए पनि घर सहित घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात, कागजात, काठ र घर सँगै रहेको बाख्राको खोर जल्दा करिव २ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
बारीमा काम गर्न गएको बेला अचानक आगलागी भएको बताइएको छ । बिजुली सट भएर आगो लागेको हुन सक्ने शंका परिवारले गरेको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।