दाङ, २९ असोज । दाङमा बिलबिजक नभएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–१ भालुबाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा बिलबिजक नभएका सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा २०० थान, पिनलक, २० थान पिन, १० थान फगलाइट, १० थान बेयरिङ, बेयरिङ रबर ब्रुस १० थान र हाइड्रोलिक आयल पाइप सेट १ थान रहेका छन् । बरामद सामानको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार










टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।