२०८३ असोज २८ गते बुधवार

अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी लुम्बिनी प्रदेश तेक्वान्दो खेलाडी स्वदेश फिर्ता

तुलसीपुर , २८ असोज । लुम्बिनी प्रदेश तेक्वान्दो संघको एक टोली भारतको चन्डिगढमा आयोजित पाचौँ ईण्डो नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएर मंगलवार साँझ स्वेदश फर्किएको छ । प्रतियोगिता अक्टोवर १० देखी ११ सम्म अर्थात असोज २५ र २६ गते संचालन भएको थियो । लुम्बिनी प्रदेश तेक्वान्दो संघका टिमकोच बम बहादुर विकको नेतृत्वमा गएको नेपाली खेलाडीले विभिन्न विधाको प्रतियोगितामा भाग लिएको थियो । जसमा पुरुष समुह पुम्से तर्फ ईन्सव विक, विवेक चौधरी र लक्ष्मण डाँगीले प्रतियोगितामा भागमा लिदै प्रथम स्थान हासील गर्न सफल भएको टिमकोच विकले जानकारी दिनुभयो ।

यस्तै महिला समुह पुम्से तर्फ उमा रसाईली, ट्रिजा बुढामगर र विनिता चौधरीको टिम प्रथम भएको हो । यस्तै स्पीड किक बिधामा ईसव विक, जीवराज विक, विवेक चौधरी,लक्ष्मण डाँगी र दिपिका राम्जामगरले भाग लिनु भएको थियो । जसमा प्रथम र द्धितृय स्थान हासील गर्न सफल भएका थिए । यस्तै विभिन्न तौलको खेल विधामा सहभागीता जनाउदै नेपाली खेलाडीहरुले राम्रो खेल प्रर्दशन गरेको उहाले जानकारी दिनुभयो ।दुई जना प्राविधिक र ९ जना खेलाडी गरी ११ जानको टोली गत असोज २२ गते भारतको चन्डिगढ प्रस्थान गरी मंगलवार साँझ स्वदेश फर्किएको हो ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।