तुलसीपुर, २५ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुवकुमार गहतराज निर्वाचित हुनु भएको छ । शनिवार भएको निर्वाचनमा गहतराज निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । यद्यपी निर्वाचन समितिले मतपरिणाम सहित घोषणा गर्न बाँकी रहेको छ । उहा साझा व्यवसायीक प्यानलबाट नेतृत्व गर्नुभएको थियो । गहतराजको टिमलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी र राष्टिय जनमोर्चा निकट व्यवसायीको समर्थन रहेको थियो । उहाका निकटतम प्रतिस्पर्धी प्रजातान्त्रिक व्यवसायीक प्यानलका नरेशकुमार श्रेष्ठ र अर्का उमेदवार अनिल आचार्य पराजित हुनु भएको छ ।
यस्तै गहतराज नेतृत्वको साझा व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ विजयी हुनु भएको छ । यसैगरी सचिवमा भीमसेन डाँगी र सह कोषाध्यक्षमा शालिग्राम आचार्य विजयी हुनु भएको हो । डाँगी र आचार्य दुवै जना गहतराज प्यानलबाट निर्वाचित भएका हुनु भएको हो ।त्यसैगरी, महासचिव पदमा श्रेष्ठ नेतृत्व प्यानलका माधव खनाल विजयी भएका छन् ।
अन्य निर्वाचित पदाधिकारीहरुको मतपरिणाम पनि सार्वजनिक हुन बाँकी रहेको निर्वाचन अधिकृत मौसम आचार्यले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनमा सहमती नभएपछि हिजो निर्वाचन भएको हो । संघको तिन हजार ७ सय ७७ मतदाता रहेकोमा २६२३ जनाले मतदान गरेका थिए । यस अघि असोज ११ गते भनिएको निर्वाचन विवादका कारण स्थगित भएको थियो ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।