२०८३ असोज ६ गते मङ्गलवार

दाङ जिल्ला भलिवल संघको अध्यक्षमा बस्नेत निर्वाचित

फोटो फाईल

तुलसीपुर, ६ असोज । दाङ जिल्ला भलिवल संघको अध्यक्षमा लक्ष्मण बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ । बेलझुण्डीमा सोमवार भएको संघको अधिवेशनले बस्नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा भरत कुवर, उपाध्यक्षमा भुमिसरा बाठा, महासचिवमा दुर्लभ कुमार श्रेष्ठ र कोषाध्यक्षमा इश्वर केसी निर्विरोध हुनु भएको छ । त्यसैगरी सदस्यमा राजु एरी, नवराज खत्री, लीलाबहादुर घर्ती, कमल दसौदी, पुरन विक र जितेन्द्र चौधरी रहेको छ ।

संघका उपाध्यक्ष भरत कुवरको अध्यक्षता तथा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष भीम वलीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले बाँकी दुई सदस्य दाङ जिल्ला खेलकुद विकास समितिको सिफारिसमा थप गर्ने कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ । अधिवेशनले भीमबहादुर डाँगीको संयोजकत्वमा मानबहादुर राना, कृष्ण डाँगी र खड्गबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ । अधिवेशनको उदघाटन कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष वली, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ,लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष कृष्णा पाठक, दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।