फोटो फाईल
दाङ, १५ असार । आफनै दाईको हत्या गरेको आरोपमा प्रहरीले भाईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्वर ४ गोहवाका २० बर्षिय बिनोद चौधरी रहेका छन् । आईतवार बेलुका ७ बजेतिर विनोदले आफनै सहोदर दाई अन्दाजी २६ वर्षीय मनोज चौधरीको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ ।
दाईको हत्या गरी नहरमा फालेर फरार भएका विनोदलाई प्रहरीले सोमवार विहान पक्राउ गरेको हो । प्रहरीका अनुसार फरार भएका चौधरी भारततर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार






