२०८३ असार ३ गते बुधवार

रोल्पामा दुई बालिकालाई बलात्कार गरेको आरोप एक जना पक्राउ

फाइल फाेटाे

दाङ, ३ असार । रोल्पामा दुईवटी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धन प्रसाद पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । १५ वर्षीया र ११ वर्षीया दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार बिहान पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख पंच कुमार बाखुले जानकारी दिनुभयो । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया