२०८३ जेष्ठ ३० गते शनिवार

काभ्रेमा दुर्घटनाबारे छानविन गर्न छानबिन समिति गठन

काठमाण्डौ, ३० जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा शुक्रवार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक -आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।

घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य/तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको समितिलाई सात दिनको समय दिइएको छ । बनेपा बीपी राजमार्गबाट रोशी ८ खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुदाँ गाडी धनी सहित ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार
प्रतिक्रिया