२०८३ बैशाख ११ गते शुक्रवार

दाङको धानखोलाबाट लागु औषधसहित एक जना पक्राउ

फोटो फाईल

तुलसीपुर, ११ बैशाख । दाङमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यका साथ खटिएको प्रहरीले विहिवार बेलुका गढवा गाँउपालिका १ धानखोलाबाट सोहि ठाउँ बस्ने २७ बर्षिय गोविन्द घर्ति मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लागुऔषध ब्राउन सुगर बिक्री वितरण गर्न आइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङ दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटे दाङबाट खटिएको प्रहरी टोलिले मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरको साथबाट १५ ग्राम ८८ मिलिग्राम लागुऔषध -ब्राउन सुगर) र बा ८५ प १९५१ नम्वरको मोटरसाईकल बरामद गरेको छ ।उनीमाथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया