तुलसीपुर, १ बैशाख । तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी शैलीमा अराजक तरिकाले गतिविधि गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १२ बस्ने बर्ष २० को प्रकाश छन्तेल , वडा नम्वर ६ बस्ने बर्ष २१ को कमल खडका, सोहि वडाका २१ बर्षको टेकम डाँगी, बर्ष १८ को प्रशान्त भण्डारी, १८ बर्षको रिजन भण्डारी, वडा नम्वर ९ बस्ने बर्ष २४ को सुदन वली, वडा नम्वर ५ बस्ने बर्ष २१ को आशिष भण्डारी र वडा नम्वर २ बस्ने बर्ष २२ को निर्दोश बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई गत शुक्रवार तुलसीपुर ६ स्थित सन्जित चौधरीको दारीचिया पसलबाट पक्राउ गरिएको हो । धारिलो तरबार र खुकुरी लिएर गुण्डागर्दी शैलीमा अराजक तरिकाले शान्ति सुरक्षामा खलल पुर्याउने जस्ता गतिविधि भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट तरवार २ थान र खुकुरी १ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथी सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।।












