२०८३ कार्तिक ८ गते शनिवार

नेपालले आज १९ वर्षमुनिको एशियन कपमा यूएइसँग खेल्दै

काठमाण्डौँ, १५ मंसिर ।  १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।