२०८३ भाद्र ११ गते बिहिवार

एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

काठमाण्डौँ, ६ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटाएको हो । कर्णालीका मार्क वाटले शतक बनाउनुभयो । उहाँले ४४ बलमा अविजित १ सय १४ रन बनाउनुभयो ।

यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाउनुभयो । लुम्बिनीका शेर मल्लले १ विकेट लिनुभयो । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया