२०८३ असोज ७ गते बुधवार

आपराधिक घटना न्युनिकरणका लागि उरहरी बजारमा जोडियो सिसिटिभि क्यामेरा

तुलसीपुर,१ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले उरहरी बजार सहित तीन स्थानमा सिसिटिभी जडान गरेको छ । चोरी तथा दुर्घटना नियन्त्रण गर्नुका साथै अपराधिक घटनाको अनुसन्धानमा सहज बनाउनका वडा कार्यालयले सिसिटिभी जडान गरेको हो ।

उरहरी बजार क्षेत्रका व्यवसायी लगायतको माग अनुसार सिसिटिभी जडान गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । बजार क्षेत्रमा हुने चोरी तथा दुर्घटनाका दोषी पत्ता नलाग्ने गरेको हुदा सहजताका लागि क्यामरा जडान गरिएको उहाँले बताउनुभयो । उरहरी बजारमा ४, जनबहार चोकमा २ र जसपुर प्रहरी चौकीमा २ वटा सिसिटिभी क्यामरा जडान गरिएको हो । सिसिटिभी क्यामेरा हुँदा कुनै पनि घटना घटेपछि अनुसन्धान गर्न, दोषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको छ ।

झण्डै तीन लाख रुपैया लागतमा क्यामेरा जडान गरिएको हो । त्यस अवसरमा बोल्दै रुकुम बाफिकोट गाउपालिकाका अध्यक्ष तथा स्थानिय जनक कुमार बाँठाले वडाले अभिभावकिय भुमिका खेल्दै व्यवसायी तथा स्थानियको माग सम्बोधन गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । सुरक्षाका दृष्टिकोणले यो कार्य अत्यन्तै उत्कृष्ट भएको स्थानिय व्यवसायी समेत रहेका बालकृष्ण लामिछानेले बताउनुभयो । क्यामराको मोनिटर प्रहरी चौकी जसपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।