
काठमाण्डाै, २४ असोज । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने नयाँ पुस्ताको माग सुन्दा जति आकर्षक लाग्छ त्योभन्दा बढी त्यसको माखेसाङ्लो बुझ्न जरुरी छ । यसवीच भ्रष्टाचार सरकारी पदाधिकारी,न्यायाधीश, कर्मचारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताले मात्रै गर्छन् भन्ने भाष्य र मानक जबर्जस्ती स्थापित गराइँदैछ ।
यसभन्दा पहिले ती सबैलाई ‘युज एण्ड थ्रो’ गर्न खप्पिस ‘महान बिचौलिया’ हरुको कमाउ धन्दाबारे नबुझेसम्म न मुलुकबाट भ्रष्टाचार अन्त्य हुन्छ, न त सुशासन नै कायम हुन्छ । दशकौंदेखि ठूला राजनीतिक दलका मुख्य नेता तथा प्रभावशाली राजनीतिक शक्ति केन्द्रको समीपमा रहेर आफ्नो दुनो सोझ्याउँदै आएको व्यापारिक घराना र उसका मालिकहरुले भदौ २४ को विध्वंशपछि राजनीतिक रंग फेरेको अनेक दृश्य देखिन थालेको छ ।
नेपाली सेना,प्रहरी,सशस्त्रको राशन र लजिष्टिक ठेक्का सँधै मिलाउने,हतियार र गोली किन्दा एजेन्टको भूमिका निर्वाह गर्ने,सेनाको हेलिकोप्टर खरिदमा मध्यस्थकर्ता (एजेन्ट) बन्ने, नेपाली नोट छाप्ने विदेशी कम्पनीको स्थानीय एजेन्ट बन्नेदेखि सबैजसो काम गर्दै आएका बिचौलिया दिपक भट्टले जेन जी प्रदर्शन र विध्वंशपछिको अवस्थालाई पनि आफ्नै काबुमा राख्न प्रयास गरेको पाइएको छ ।
भदौ २४ गते अधिकांश व्यापारीको घर, व्यवसाय तथा कारखानामा तोडफोड र आगजनी गरिँदा उनको सानेपास्थित निवास किरण भवन,मार्को पोलो होटलको व्यापार साम्राज्य र बिजुलीबजारको किङ्ग्स कलेजतिर कसैले आँखा लाएनन् । नयाँ परिस्थितिमा जेन जीका नाममा प्रधानन्यायाधीश,अख्तियार प्रमुख, मुख्य सचिवसम्मको राजीनामा माग्न लगाउने, केही प्रहरी अधिकृतलाई अनेक आरोपमा डाम्न खोज्ने घटनालाई समेत धेरैले भट्टको भावी योजनासँग जोडेर व्याख्या गरेका छन् ।
स्रोत भन्छ, ‘मिडिया ट्रायल गर्दै नख्खु कारागारमा रहेका रवि लामिछानेलाई मुख्य सचिवको मिलेमतोमा भगाइएको भनेर हिजोदेखि अनलाइनहरुमा लेखाउने प्रमुख पात्र दिपक भट्ट हुन् । भावी आइजीपीको लाइनमा रहेका उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई डाम्न लगाउने पनि उनै हुन् । त्यसमा काठमाडौंका मेयर बालेन साहको पनि स्वार्थ जोडिएको देखिन्छ । उनी विशेषगरी अख्तियार प्रमुख र प्रधानन्यायाधीशविरुद्ध हात धोएर लाग्नुको कारण बेग्लै छ ।’
अख्तियार प्रमुख प्रेमकुमार राईले बालेन फ्रान्स भ्रमणमा जाँदा आफूसँगै लगिएका सल्लाहकारहरुलाई राज्यकोषबाट खर्च गराएको २० लाख रुपैयाँ फिर्ता गराएको झोँक फेर्न अहिले राजीनामा मागिएको खुल्दै छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भदौ २४ को विध्वंश र आगजनीपछि सर्वोच्चमा आगो निभाउन काठमाडौं महानगरको दमकल मगाउँदा नपठाएको सार्वजनिक गुनासो पोखेका कारण साह रिसले आगो भएको पनि छर्लङ्गै छ ।
यता,अर्को महिना नेपाल प्रहरी प्रमुख बन्न तयार एआइजी कार्कीलाई डाम्न रविलाई नख्खु जेलबाट निकाल्न भूमिका खेलेको कथा मुख्यसचिव एकनारायण अर्याल र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँगै जोडेर फैलाउन खोजिएको छ । अर्कोतिर भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि ओलीको शासनकालमा विभिन्न जिम्मेवारीमा रहेका सरकारी अधिकारीहरुलाई जतिसक्दो खुइल्याउन दबाब दिने क्रम जेनजीका नाममा बढ्दो छ । जन आस्थाबाट