
काठमाण्डौ, २४ असोज । पुर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको दाबी गर्नुभएको छ । आज पार्टीको पदाधिकारी बैठकपछि पत्रकारसँगको कुराकानीमा उहाँले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको दाबी गर्नुभएको हो ।
जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भए पनि यसरी आदेश दिने कुरा सम्भव नरहेको उहाँले बताउनुभयो । लेखकले आन्दोलनको पहिलो दिन भदौ २३ गते ठूलो जनधनको क्षति भएका कारण आफूले पदबाट राजीनामा दिएको पनि उल्लेख गर्नुभएको छ ।।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार