२०८२ असोज २५ गते शनिवार

तुलसीपुरमा ४ वर्षीया बालिकालाई ठक्कर दिएर बाइक चालक भागे

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा सवारी दुर्घटनामा एक बालिका घाइते भएकी छन । रक्षाचौरबाट गणेशपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले स्थानीय करुण गन्धर्वकी ४ वर्षीया छोरी शिक्षा गन्धर्वलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बालिकाको टाउकोमा चोट लागेको छ । घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ । मोटरसाइकल चालक भने दुर्घटनापछि फरार भएको र खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया