
दाङ, १९ असोज । दाङमा गएराति टर्चलाइटले हानेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ चितुवाटारी निवासी ६२ वर्षीया छायादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
छायादेवीले ६४ वर्षीय श्रीमान ढाललबहादुर चौधरीलाई सामान्य विवादका क्रममा लाइटले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै गएको प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीलाई खबर आज बिहान आएको थियो ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार