
दाङ, १७ असोज । तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ । रा ५ प ४८३६ नम्बरको कालो रङको होण्डा साइन बाइक दशैँको अघिल्लो दिन (असोज १५गते) साँझ पौने ८ बजे चोरी भएको डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीया स्थित घरमा जानका लागि बस्नेतले साथी रेशम बहादुर खत्रीको बाइक मागेर लग्नु भएको थियो ।
डूम्रीगाउँ स्थित दाइसँग भेटघाट गरेर आधाघण्टा पछि बाहिर निस्किने बेला गेटबाहिर राखेको बाइक चोरी भएको बस्नेतले बताउनुभयो । सिसी क्यामराको फुटेजमा सुकौरा रोडमा एउटा बाइकमा बसेको र अर्कोले पछाडिबाट धकेलेको देखिन्छ ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरले बाइक हराएको निवेदन परेको बताएको छ । “एउटा बाइक हराएको भन्दै निवेदन परेको छ । सिसी फुटेज पनि दिनुभएको छ । अलि क्लियर छैन । तै पनि हामी संभावित ठाउँहरुमा खोजी गछौं ।” इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले भन्नुभयो ।