तुलसीपुर, २४ भदौ। जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले तुलसीपुर उपमहानगरपालिकाकाे कार्यालयमा तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले कार्यालय भवन र वरिपरिका संरचनालाई निशाना बनाएका छन्।
साथै, तुलसीपुरस्थित नेकपा माओवादी पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् भने नेपाली काँग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन्। सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।
प्रहरीले घटनास्थलको सुरक्षा कडा पारेको भए पनि प्रदर्शनकारीहरूको गतिविधि जारी रहेको छ।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।