
तुलसीपुर, १९ भदौ । दाङको तुलसीपुरमा दुईजना युवकमाथी दिउँसै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट तुलसीपुर–५ का २० बर्षीय आयुष बिक र २० बर्षकै विप्लभ योगी घाइते भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट आयुषको टाउको र छातीमा गम्भिर छोट लागेको छ भने विप्लभको हातमा छोट लागेको छ । घाइते मध्य आयुषको अवस्था गम्भिर रहेको छ । घटनामा सामान्य घाइते भएका विल्पभका अनुसार तुलसीपुर–६ को स्याउली बजारस्थित एक नास्ता पसलमा बसिरहेको अवस्थामा आज बिहान पौने ११ बजेको समयमा ६/७ जनाको समुहमा आएका युवाहरुले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् । ‘हामीहरु नास्ता खाएर होटलबाट निस्किर आउन लागेको थियौँ, उहाँले भन्नुभयो । हाम्रो नजिकमा अर्को एकजना पनि थियो । खासमा उसँग पहिले तिनिहरुको विबाद भएको रहेछ । त्यसपछी केटाहरु लिएर आउछु भनेर धम्कि दिएका उनीहरु समुह बनाएर हतियार लुकाएर मोटरसाइकलमा आएका रहेछन् ।
उसलाई हान्न खोजेको खुकुरी म र मेरो साथीलाई लाग्यो ।’’ आज बिहान राप्ती बबई क्याम्पस नजिकै गेम लेखिरहेको अवस्थामा उनीहरुबिच विबाद भएको र घटनामा असम्बन्धित आफुहरुमाथी खुकुरी प्रहार भएको उहाँले बताउनुभयो । घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । घटनामा ६/७ जनाको संगल्नता देखिएको र उनीहरु खुकुरीसहित फरार भएको बताइएको छ । यद्यबी घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नहरुको खोजी गर्नुका साथै थप अनुसन्धान गरिहेको छ ।।