दाङ,३० साउन । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा आज एक करोड दिनप्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं शृङ्गारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दिपप्रज्वलन गर्न थालिएको हो । दिउसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशूल परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।
सामुहिक दिपप्रज्वलन कार्यक्रममा सहभागी हुनकालागि बिहीवार अपराहन्न ४ बजेसम्म मन्दिरमा बत्ती बुझाइ सक्नुपर्ने छ । मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणकालागि आयोजना गरिएको शिवपुराण एवं शृङ्गारिक महाआरतीमा हालसम्म ६६ जनाले आरती, १० जनाले रुद्राअभिषेक, १५ जनाले लाखबत्ती बाल्नुका साथै १४ जनाले ब्राह्मण भोजन तथा प्रसादी वितरण गर्नुभएको छ ।
यसैविच बिश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम धारपानीमा सञ्चालन भैरहेको शिवपुराण तथा शृङ्गारिक महाआरतीमा हुने करोड दिपप्रज्वलनमा सहभागी हुन सवै भक्तजनहरुमा आव्हान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक बिज्ञप्ती प्रकाशित गरी मन्दिरले तेस्रो बर्ष आयोजना गरेको शिवपुराण तथा शृङ्गारिक महाआरती अन्तरगत हुने एक करोड दिपप्रज्वलन कार्यक्रममा सहभागीहुन सवै भक्तजनलाई अनुरोध गर्नुभएको छ । करोड दिपप्रज्वलन पछि शृङ्गारिक माहाआरती, बिभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।