२०८३ कार्तिक ८ गते शनिवार

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून नबनाउने मन्त्री चौरसियाको दावी

काठमाण्डौ, १८ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।   सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी ९संहिता० ऐन २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन् । सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको तर बहुविवाहलाई मान्यता नदिने उहाँले बताउनुभयो । यसमा पुरुष वा महिला जो दोषी छ उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको मन्त्री चौरसियाको भनाइ छ ।   शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको र महिलालाई समस्या पर्ने गरी कानून नबनाउने उहाँले बताउनुभयो । मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न मन्त्री चौरसियाले आग्रह गर्नुभयो ।।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।