२०८३ भाद्र १४ गते आइतवार

घर निर्माणको क्रममा चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु

काठमाडौ, १६ असार । काठमाडौंको दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो । चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५ः१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।