२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर उपमहानगरले आज बजेट सार्वजनिक गर्दै 

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाको आज बजेट सार्वजनिक गर्न लागेको छ । स्थानीय सरकारले असार १० गतेभित्र बजेट सभामा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार तुलसीपुरले बजेट ल्याउन  लागेको हो । आगामी आर्थिक वर्ष २०८२/०८३  का लागि तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब बजेट ल्याउन लागेको मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।

यद्यपि गत वर्षको भन्दा यस वर्ष बजेट कम आउने उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बजेट सभामा पेश गरिएको थियो ।  यस वर्षको बजेटमा भौतिक पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको मेयर खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले दिउसो १ बजे बजेट सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।  ८ गते मात्रै पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दाङका सबै पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।  दाङमा २ वटा उपमहानगरपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । १० मध्य ९ वटा पालिकाले यस अघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बङ्गलाचुली गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेटसँगै ल्याउने तयारी गरिएको छ । 

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।