२०८३ कार्तिक ८ गते शनिवार

दाङको तुलसीपुरलगायत देशका २४ स्थान जमिन भासिने खतरामा

काठमाण्डौँ, ४ जेठ । दाङको तुलसीपुरलगायत देशका २४ स्थान जमिन भासिने खतरामा रहेको पाइएको छ । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको पाइएको हो ।गत वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६, गैरीगाउँमा जमिन भासिएर गाडी हराएको छ । विभागका भूविज्ञान महाशाखाका उपसचिव शिवकुमार बास्कोटाका अनुसार झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर,   बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ । वरिष्ठ भूगर्भविद् प्राध्यापक डाक्टर मेघराज धिताल र खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु आफैँमा खतरापूर्ण हुने बताउनुभयो । प्राध्यापक डाक्टर धितालले जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।