तुलसीपुर, २४ फागुन । प्रेस चौतारी नेपाल दाङको बैठक शनिवार तुलसीपुरमा बसेको छ । बैठकले संगठनका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै नेकपा (एमाले) दाङका उपाध्यक्ष एवम् जन संगठन समन्वय विभाग प्रमुख मनोहर बुढाथोकीले मुलुकको समृद्धि र स्थिरताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अराजकतावादी शक्तिहरु मौलाउन थालेको उल्लेख गर्दै त्यसका विरुद्ध प्रेस चौतारीले सशक्त अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अहिले तीन ओटै तहका सरकारमाथि अनावश्यक प्रहार भइरहेको छ, सरकारले गरेका राम्रा कामहरुलाई ओझेलमा पारेर अनावश्यक कुराहरु बाहिर ल्याउन केही तत्वहरु लागिपरेका छन्,’ बुढाथोकीले भन्नुभयो, ‘समाजलाई सकरात्मक दिशातर्फ डो¥याउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’
सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इञ्चार्ज टीका बस्नेतले पत्रकारिता क्षेत्रमा देखिएका विकृतिहरु रोक्नका लागि चौतारीका सदस्यहरुले सचेत ढंगले प्रयत्न गर्नुपर्ने बताउनुभयो । बैठकका प्रमुख अतिथि समेत रहनुभएका चौतारीका केन्द्रीय सदस्य एवम् नेकपा (एमाले) दाङ चौतारी फाँट प्रमुख गणेश आचार्यले सामाजिक सञ्जालमा अनावश्यक कुराहरु लेख्ने प्रवृत्ति बढेको उल्लेख गर्दै मर्यादित पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा .(एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले पार्टीले ल्याएको मिसन २०८४ को अभियानलाई सशक्त बनाउन चौतारीका सदस्यहरुले भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले अहिले छापा पत्रकारिता चुनौतिपूर्ण अवस्थामा पुगेको र डिजिटल मिडियाको विश्वसनीयता माथि प्रश्न उठिरहेकाले सम्बन्धित सरोकारवाला पक्षहरु गम्भिर भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरले पालिका अधिवेशनहरुलाई भब्य र सब्य बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकले आगामी वैशाख भित्र दाङका १० ओटै पालिका कमिटीहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला समितिको तर्फबाट प्रतिनिधि समेत तोकेको छ । जस अनुसार घोराहीमा महेश बस्नेत, तुलसीपुरमा वसन्त परियार, लमहीमा लक्ष्मी पोख्रेल, दंगीशरणमा दिप्तीशिखा चौधरी, बबईमा हिमाल खड्का, शान्तिनगरमा हिमाल विश्वकर्मा, बंगलाचुलीमा सुशिल परियार, राजपुरमा अरुण नेपाली, गढवामा दीपक चौधरी र राप्ती गाउँपालिकामा हुमा सुनारलाई संयोजनको जिम्मेवारी दिइएको छ । बैठकमा चौतारीबाट लुम्बिनी प्रदेश समितिमा निर्वाचित उपाध्यक्ष दशरथ घिमिरे, सचिवहरु माधव कंडेल, निता चौधरी र सदस्य नवराज शर्मालाई बधाई ज्ञापन गरिएको थियो ।
यसैगरी बैठकले आगामी चैत २ गते हुन थालेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा मनोज लामिछानेले नेतृत्व गर्नुभएको नेकपा ९एमाले० नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचारप्रसार समिति गठन गरको छ । प्रेस चौतारीका नेता हेमराज डाँगीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो । लामिछाने नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण केसी, सचिव भुवन भुसाल, कोषाध्यक्ष सुशिला न्यौपाने, सदस्यहरु छमा भण्डारी, प्रमिला तिवारी, सुशिला ओली, पदमबहादुर खड्का र सुकण्ठ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।उपाध्यक्ष विमल योगीको स्वागत मन्तब्यबाट शुरु भएको बैठकको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।