२०८३ भाद्र २२ गते सोमवार

तुलसीपुरमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ

तुलसीपुर, २२ फागुन । तुलसीपुरमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –५ का २९ वर्षिय अमर रेउले, ४५ वर्षका भक्त बहादुर वली, ३८ वर्षका शरन श्रेष्ठ, ३० वर्षका राजु राईनी, तुलसीपुर उपमहानगरपालिका १ निवासी ३९ वर्षका हिमाल खराल, तुलसीपुर–९ का ३० वर्षिय आशिष चन्द ,३९ वर्षका कमल बिक बगालेरहेका छन् । यस्तै तुलसीपुर–१५ का ३४ वर्षिय सन्देश रेग्मी, ४० वर्षिय बामदेब बिष्ट, शान्तीनगर–४ का ३३ वर्षका अर्जुन शाही र सल्यानको बागचौर नगरपालिका वडा नम्बर १२ का ५४ वर्षिय भिम बहादुर वली रहेको जिल्ला प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । प्रहरीले उनिहरुलाइ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ रामनगरका कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा नगद नगद १ लाख १६ हजार ८ सय र ७ गड्डी तास सहित पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।