२०८३ कार्तिक ९ गते आइतवार

एक महिनामा आगलागीमा परेर १२ जनाको मृत्यु

दाङ , ११ माघ । एक महिनामा आगलागीमा परेर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण्काअनुसार गत एक महिनामा आगलागीका ३७० वटा घटना भएका छन् । जसमा परेर ६७ जना घाईते भएका छन् । आगलागीका घटनाका कारण ४२ वटा भौतिक संरचना नष्ठ भएका छन् भने एक अर्व ४३ करोडको आर्थिक क्षति समेत भएको छ । २७८ वटा गाईबस्तु मरेका छन् ।

चिसो मौसममा आगो ताप्दा ध्यान नदिनु र विधुत सट् भएर हुने आगलागिको सङ्ख्या उच्च रहेको प्राधिकरणले जनाएको छ । आगो निभाउन सक्ने अवस्थाको भए निभाउने नभए १०१ नम्बरमा फोन गरेर दमकल बोलाउन सकिने अग्नि नियन्त्रक राजकुमार ठकुरीले बताउनुभयो । शहरी क्षेत्रमा चिसो मौसममा नुहाउन प्रयोग गरिने ग्यास हिटर तथा गिजरको प्रयोगमा सावधानी नअपनाउदा वर्षेनी मृत्यु हुने मानिसको सङ्ख्या बढ्दै गएको भन्दै यस्ता उपकरणको प्रयोग गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।